संक्रमित युवकको परिवारसहित २० जनामा संक्रमण देखिएन

सुम्निमा चाम्लिङ

इटहरी — कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिकाका एक युवकका परिवारसहित सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इटहरी उपमहानगरपालिका वडा २ घर भएका संक्रमित युवकको परिवारका सदस्य र छिमेकी सहित २० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित युवकको परिवारसहित २० जनामा संक्रमण देखिएन

इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले चार दिनअघि तीनजना आफन्त, ११ जना स्वास्थ्यकर्मी गरी २० जनाको स्वाब संकलन गरी कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो । संक्रमित पुष्टि भएलगत्तै आकस्मिक नगरस्तरीय सुरक्षा बैठकले वडा २ र वडा ३ सिल गरिएको थियो । इटहरी अस्पतालका आकस्मिक विभाग प्रमुख रामकुमार धमलाले स्वाब संकलन गरिएको सबैको रिर्पोट नेगेटिभ आएको बताए ।

संक्रमित युवा इटहरी स्थित मामाघरमा बस्दै आएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : जेष्ठ ११, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?