कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डिल्लीबजार कारागारमा भएको झडपबारे छानबिन गर्न  समिति गठन

मातृका दाहाल

काठमाडौँ — कारागार व्यवस्थापन विभागले डिल्लीबजार कारागारको घटना छानबिन गर्न निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटा सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरेको छ ।

डिल्लीबजार कारागारमा भएको झडपबारे छानबिन गर्न  समिति गठन

महानिर्देशक प्रदीपराज कणेलले घटना छानबिन गर्न समिति गठन गरेका हुन् । समितिका दुवै अधिकारी अहिले कारागार कार्यालय डिल्लीबजार पुगेर स्थलगत अध्ययन गरिरहेका छन् । विभागका सूचना अधिकारीसमेत रहेका सापकोटाले अहिले कारागारमै आएर अनुसन्धान गरिरहेको बताए ।

आइतबार बिहान चौकीदार गोकुल गिरी र अन्य बन्दीहरुबीच झडप हुदा समीर भनिने शमशेर तामाङ घाइते भएका थिए । तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । लकडाउनका कारण आफन्त भेट्न नआएपछि कारागारका बन्दीले क्यान्टिन र भित्रै सञ्चालित पसलबाट उधारोमा सामान मागेका थिए । तर चौकीदार गिरीले उधारो दिन नमानेपछि कैदीहरु असन्तुष्ट थिए । यस्तै चौकीदार छनौट पनि आलोपलो गर्नुपर्ने माग उठेको थियो । तर गिरी डेढ वर्षदेखि चौकीदार छन् ।

सामान्यतया: एक/एक वर्षमा चौकीदार फेरबदल हुने व्यवस्था भए पनि गिरीलाई नै अहिलेसम्म निरन्तरता दिएपछि कैदीमा असन्तुष्टि बढेको छ ।

सम्बन्धित समाचार

डिल्लीबजार कारागारमा झडप, एक जना घाइते

प्रकाशित : जेष्ठ ११, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?