कालिमाटी महिला सेलका १८ प्रहरीको रिपोर्ट नेगेटिभ

काठमाडौँ — कालीमाटीस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र (महिला सेल)मा कार्यरत १८ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कालिमाटी महिला सेलका १८ प्रहरीको रिपोर्ट नेगेटिभ

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालीमाटी वृत्त तथा सँगै रहेका महानगरीय ट्राफिक प्रहरी वृत्त, महिला सेल तथा अन्तर्गतका ९ वटा प्रहरी युनिट बुधबार सुल गरिएको थियो ।

त्यसमध्ये परीक्षण गरिएका १८ जनाको रिपोर्ट नेगेटिभ आएको परिसरका एक अधिकारीले बताए । बुधबार स्वास्थ्य परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । अब सील गरिएका अन्य सबे प्रहरी युनिटमा कार्यरत करीब २ सय जनाको स्वास्थ्य परीक्षण आइतबार बिहान गर्ने तयारी छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?