कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो 

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । 

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए ।

शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?