१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन 

काठमाडौँ — सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन 

१९९६ साल फागुन १२ गते जन्मेकी सिंह २०५८ साल वैशाख ६ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा सेवा प्रवेश गरेकी थिइन् । उनले २०६१ सालमा अवकाश पाएकी हुन् ।

उनको निधनका कारण सर्वोच्च अदालतको सोमबारको इजलास स्थगित हुने भएकाले छ । सर्वोच्च अदालतले पूर्वन्यायाधीशको निधनमा इजलास स्थगित गर्छ भने पूर्वप्रधानन्यायाधीशको निधनमा शोकस्वरुप अदालत बिदा गर्छ । आइतबार इदको बिदा परेकाले सर्वोच्चले सोमबार इजलास स्थगित गर्नेछ ।

सर्वोच्च अदालतबाट अवकाशपछि उनी राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य भएर काम गरिन् । उनी २०६२ साल जेठ १३ गतेदेखि २०६३ साल असार २५ गतेसम्म मानव अधिकार आयोगको सदस्य बनिन् । आफ्नो पूर्व सदस्यको निधनमा राष्ट्रिय मानव अधिकार आयोगले तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?