कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चितवनका संक्रमितका छोरामा पनि देखियो कोरोना

रमेशकुमार पौडेल

चितवन — चितवनमा शनिबार थपिएका एक जना कोरोना संक्रमित ५२ वर्षीय पुरुष शुक्रबार कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुका छोरा हुन् । भरतपुर महानगरपालिका–६ केशरबाग बस्ने उनका ७४ वर्षीय बाबु र ७३ वर्षीया आमालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनका संक्रमितका छोरामा पनि देखियो कोरोना

यी बाबु, आमा र छोरा भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएर जेठ तीन गते घर फर्केका थिए । ७४ वर्षीय बाबुको क्यान्सर रोगको उपचार गराएर उनीहरु दिल्लीबाट फर्किएका थिए ।

‘बिहीबारको परीक्षणमा बाबुआमालाई पूर्ण रुपमा संक्रमित देखाएको थियो । उनीहरुसँगै गएर फर्केका छोराको परीक्षणमा प्रस्ट नतिजा आइसकेको थिएन । त्यसैले अस्पतालमै राखेका थियौं । शुक्रबार दोहर्‍याएर फेरि नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो,’ भरतपुर अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने । भरतपुर अस्पतालले कोरोना विशेष अस्थायी अस्पताल र कोरोना प्रयोगशालाको पनि व्यवस्थापन गर्दै आएको छ ।

चितवनमा अहिलेसम्म एक हजार ३७१ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये चितवनका दुईजना उपचारपछि निको भएर घर फर्केका छन् । उपचारमा रहेका पाँच जनामध्ये तीन जना चितवन र दुई जना नवलपुर जिल्लाका हुन् ।

सम्बन्धित समाचार

दिल्लीमा उपचार गराएर फर्केका थिए चितवनका संक्रमित

प्रकाशित : जेष्ठ १०, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?