कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तीन जना विरुद्ध मालपोतबाट राजस्व चुहावट, एक जनामाथि घूस र अर्का एक जनामाथि नक्कली प्रमाणपत्रका आधारमा बढुवा भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले घरबाटोको गलत सिफारिस गरेको र त्यसकारणले राजस्व तथा पूँजीगत लाभकर नोक्सान भएको भन्दै वीरगन्ज महानगपालिकाको १६ नम्बर वडाका अध्यक्ष श्याम बाबुप्रसाद चौरसियासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । निर्णयका कारण १ लाख ७७ हजार रुपैयाँ राजस्व नोक्सान भएको अख्तियारको दाबी छ । अख्तियारले वडाध्यक्ष चौरसियासहित जग्गा बेच्ने जहराती मिया धुनिया र किन्ने ग्यान्तीदेवीविरुद्ध पनि मुद्दा चलाएको छ ।

अख्तियारले पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीका सव इञ्जिनियर नवलेशकुमार रौनियारविरुद्ध ४० हजार ५ सय रुपैयाँ घूस आएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूकम्पले घर भत्किएपछि नयाँ बनाएका भूकम्पपीडितलाई भुक्तानी दिएबापत उनले घूस मागेको आरोप छ । अख्तियारले उनलाई पक्राउसमेत गरेर मुद्दा चलाएको हो ।

अख्तियारले जिल्ला शिक्षा कार्यालय कैलालीमा विद्यालय निरीक्षकको रुपमा कार्यरत चक्रबहादुर कुँवरमाथि नक्कली प्रमाणपत्रका आधारमा बढुवा भएको आरोपमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदा उनले प्रमाणपत्र तहको प्रमाणपत्र भारतबाट किनेर ल्याएको पुष्टि भएको अख्तियारको दाबी छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?