१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

बलराम बानियाँ

काठमाडौँ — सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो ।

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरीय निर्णयबाट नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएको जानकारी दिए । नयाँ नक्सा छापिएको राजपत्र आइतबार सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने छ । ‘हाम्रो नयाँ नक्सा यो हो भनेर राज्यका सबै निकायलाई औपचारिक रूपमा जानकारी दिन राजपत्रमा प्रकाशन गरी वितरण गर्न लागिएको हो’उनले कान्तिपुरसित भने ।




प्रकाशित : जेष्ठ ९, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?