कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विद्युतीय शवदाह र किरियापुत्री सेवा एक सातादेखि बन्द

मकर श्रेष्ठ

काठमाडौँ — पशुपति विकास कोषले कोरोना फैलनसक्ने आशंकामा एक सातादेखि किरियापुत्री घरमा बस्ने सुविधा बन्द गरेको छ । किरियापुत्री घरमा बसेका केही व्यक्तिमा कोरोना लागेको शंका लागेकोले एक सातादेखि किरियापुत्री घरमा बसेर किरियाको काम बन्द गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

विद्युतीय शवदाह र किरियापुत्री सेवा एक सातादेखि बन्द

‘कोराना लागेको शंका लागेको व्यक्तिले प्रयोग गरेको चारवटा कोठामा ताल्चा लगाएर राखेका छौ,’ उनले भने, ‘केही कोठामा काम सकिन बाँकी भएकाहरु बसेका छन् ।’ यो अवधिमा बिग्रिएको र भत्किएको मर्मत सम्भार समेत भइरहेको उनले बताए । केही कोठा काभ्रेको धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको शव अन्त्येष्टीमा संलग्न १० जना राखिएको उनले बताए । करियापुत्रीको सुविधाका लागि पशुपतिमा ३४ वटा कोठा छन् ।

‘केहीले कोराना नसकेसम्म बन्द गर्ने हो भनेर पनि सोध्ने गरेका छन् । त्यस्तो होइन,’ उनले भने, 'सबै कोठामा डिसइन्फेक्टेट गरेर सञ्चालनमा ल्याउँछौ ।’ किरियापुत्री घर सञ्चालन गर्नै पर्ने कोषलाई बाध्यकारी व्यवस्था नभएको उनले बताए । ‘किरिया त पशुपतिमै बस्नुपर्छ भन्ने हुँदैन । सुविधाको लागि मात्रै हो,’ उनले भने ।

कोषले एक सातादेखि विद्युतीय शव दाहगृह पनि बन्द गरेको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको अन्त्येष्टि गरेपछि सेवा बन्द गरेको हो । अन्त्येष्टिमा संलग्न कर्मचारीको पीसीआर विधिबाट परीक्षण गर्न बाकी रहेकोले सेवा बन्द गरिएको खतिवडाले बताए । अन्त्येष्टिमा संलग्न तीन जना, सुरक्षाकर्मी तीनजना, सफाईमा संलग्न तीनजना र सहुलियत पसलमा एक जनाको पीसीआर परीक्षण हुन बाँकी रहेको उनले बताए । ‘सबैको रिपोर्ट आएपछि सेवा सुरु गर्छौ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?