कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दैनिक २५ सय जना उपत्यका भित्रिन्छन् 

चालक र सहयोगीको स्वास्थ्य परीक्षण गर्ने प्रणाली नहुँदा संक्रमणको जोखिम कायमै
जनकराज सापकोटा

काठमाडौँ — काठमाडौं भित्रिने मालबाहक सवारीका चालक र सहयोगीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थित प्रणाली नहुँदा कोरोना संक्रमणको जोखिम कायम रहेको छ ।

दैनिक २५ सय जना उपत्यका भित्रिन्छन् 

ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले पनि दैनिक ३ हजारको हाराहारीमा चालक र सहचालक उपत्यकामा भित्रिइरहेका छन् । संक्रमण बढ्दै जाँदा सरकारले काठमाडौं उपत्यका छिर्न कडाइ गरे पनि संक्रमित जिल्लाबाट आउने मालबाहक सवारीका चालक र सहयोगीहरुको व्यवस्थित स्वास्थ्य परीक्षणको प्रबन्ध गरिएको छैन ।

६ गतेयता तीन दिनमा मात्रै ४ हजार २ सय ८१ ट्रक, टिपर र लाइट गाडी काठमाडौं भित्रिएएका छन् । सबै गाडीमा ७ हजार ६९ जना काठमाडौं प्रवेश गरेका छन् । पछिल्लो तीन दिनमा ३ वटा बस भक्तपुरको जगाती नाका हुँदै काठमाडौं भित्रिए, जसमा ४९ जना यात्रु थिए ।

बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मको २४ घन्टामा १४ सय ६ वटा ट्रक र टिपर भित्रिएका छन् । जबकि यही समयमा ३ सय ५१ हलुका सवारीसाधान र एउटा बस भित्रिएको छ । ट्रक/टिपरमा २४ सय ४७ जना, हलुका सवारीबाट ६ सय ९४ जना र बसबाट १३ जना उपत्यका भित्रिएका छन् ।

संक्रमणको जोखिम धेरै भएको प्रदेश २ र वाग्मती प्रदेशबाट उपत्यका भित्रिने सवारीहरुको संख्यामात्रै ५ सय ५९ रहेको छ । संक्रमणको जोखिम भएका जिल्ला हुँदै सवारीसाधन काठमाडौं भित्रिँदा चालक र सहयोगीबाट संक्रमण फैलिने जोखिम देखिन्छ ।




गते
ट्रक, टिपर र लाइट गाडीबसजम्मा सवार



८ गते बिहान ६ बजेबाट ९ गते बिहान ६ बजेसम्म
१७५७२७५४
७ गते बिहान ६ बजेबाट र ८ गते बिहान ६ बजेसम्म१३५६

२३०६





६ गते बिहान ६ बजेबाट

७ गते बिहान ६ बजेसम्म

११६८२००९

प्रकाशित : जेष्ठ ९, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?