बाँकेका २१ जना संक्रमित शुक्रबार डिस्चार्ज हुँदै

मधु शाही

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

बाँकेका २१ जना संक्रमित शुक्रबार डिस्चार्ज हुँदै

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाउने तयारी गरिएको डा. विनोद डंगोलले बताए ।

डिस्चार्ज हुनेमा पहिलो पटक संक्रमित भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. डंगोलले जानकारी दिए । आइसोलेसनबाट डिस्चार्ज हुने खबरले सबै उत्साहित छन् ।

घर जाने खुसीमा ३७ वर्षीय व्यक्तिले कोरोना संक्रमण र आइसोलेसनको अनुभवबारे फोनमा कान्तिपुरसँग भने, ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरुलाई पनि बचाउनु रहेछ । घर फर्किन पाउने भएकाले ठूलै युद्ध जिते जस्तै महसुस गरेको छु ।’

प्रकाशित : जेष्ठ ९, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?