विकासोन्मुख देशमा बढ्दै संक्रमण

एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो समय कोभिड–१९ को संक्रमण विकासोन्मुख देशमा फैलिने क्रम बढेको छ । महानिर्देशक डा. ट्रेडोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा संक्रमण बढिरहको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विकासोन्मुख देशमा बढ्दै संक्रमण

उनका अनुसार पछिल्लो दुई साताभन्दा पनि कम समयमा थपिएका १० लाख संक्रमितमध्ये अधिकांश त्यस्ता देशका छन् । विज्ञहरूले संक्रमितको कुल संख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन् ।

‘२४ घण्टामा १ लाख ६ हजार नयाँ संक्रमित थपिएका छन्,’, डा. गेहब्रेयससले भने, ‘यीमध्ये धेरैजसो कम र मध्यम आय भएका देशहरूका हुन् ।’ डा. गेहब्रेयससले निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट निकै चिन्तित भएको बताएका छन् । उनले कोभिड–१९ को महामारी अझै लामा समयसम्म चल्न सक्ने बताए ।

दक्षिण अमेरिकी देशहरूमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुन:स्थापित गरेका छन् ।

ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । संक्रमितको संख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा छ । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमितको संख्या लगातार बढिरहेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?