नयाँ नक्साबारे संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइने

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल सरकारले जेठ ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्था र समुदालयलाई पनि जानकारी दिने तयारी गरेको छ । 

नयाँ नक्साबारे संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार नयाँ नक्सा जारी गरेकी थिइन् ।

योसँगै सरकारले अब परराष्ट्र मन्त्रालयमार्फत् अन्तर्राष्ट्रिय संस्था र समुदायहरुलाई नेपालको नयाँ नक्साबारे जानकारी दिने तयारी गरेको हो । भूमि व्यवस्था मन्त्रालयले यसका लागि परराष्ट्रलाई पत्र पठाउँदैछ ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘नेपालले औपचारिक रुपमा नै नक्सा जारी गरेपछि सबैले थाहा पाउने हुन्छ । तैपनि जानकारी गराउनु पनि उचित हुन्छ ।’ उनले अहिलेसम्म भूमि व्यवस्था मन्त्रालयबाट परराष्ट्रलाई पत्र नआएको भए पनि पत्र आएपछि अन्तर्राष्ट्रिय संस्थाहरु र मुलुकहरुलाई आफ्ना कुटनीतिक नियोगबाट जानकारी गराउने बताए ।

प्रकाशित : जेष्ठ ७, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?