२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिन्धुलीमा पहिलो संक्रमित महिलाको घर क्षेत्रमा परीक्षण थालियो

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान पन्नेसी सिल गरी कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको छ । उक्त ठाउँकी महिलाका मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले ५ घर सिल गरी ट्रेसिङको काम थालेको हो ।

सिन्धुलीमा पहिलो संक्रमित महिलाको घर क्षेत्रमा परीक्षण थालियो

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार संक्रमितका परिवारलाई घरभित्रै राखिएको छ । छिमेकका ४ घरसमेत सिल गरिएको छ । संक्रमितसँग सम्पर्कमा आएका सबैको परीक्षण थालिएको प्रमुख शाहले बताए ।

संक्रमित २६ वर्षीया महिला काठमाडौंको सिनामंगलमा बस्दै आएको र वैशाख अन्तिम साता भिमानबाट काठमाडौं गएको खुलेको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने उनी बुधबार उपचारका लागि एपीएफ कोरोना अस्पताल भर्ना भएकी छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सिन्धुलीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको भनिए पनि थप ठेगाना खुलाइएको थिएन। उनले परीक्षणका लागि टेकुमा स्वाब दिएकी थिइन् ।


प्रकाशित : जेष्ठ ७, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?