कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोरोना निको भएपछि कोसी अस्पतालबाट थप आठ डिस्चार्ज

डिस्चार्ज हुनेमा उदयपुरको भुल्केमा फेला परेका पाँच भारतीय र तीन स्थानीय छन्
देवनारायण साह

मोरङ — कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका काेराेना संक्रमितमध्ये थप आठ जना निको भएका छन् । उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको छ ।

कोरोना निको भएपछि कोसी अस्पतालबाट थप आठ डिस्चार्ज

डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् ।

भुल्केका तीन जनालाई होम क्वारेन्टाइनमा र भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।

यससँगै केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ । त्यस्तै देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।

केन्द्रमा अहिले २८ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये अहिलेसम्म सुनसरीको इटहरी–२ का १८ वर्षीय किशोरमा मात्रै कोरोनाको लक्षण देखिएको मिश्रले बताइन् । ‘संक्रमित किशोरको छातीमा पानी जमेको छ,’ उनले भनिन्, ‘उनलाई एन्टिबायोटिक औषधि खुवाइरहेको र रगतलगायत आवश्यक जाँच सुरु गरिएको छ ।’ धनकुटा अस्पतालका चिकित्सक र उनको परिवार सदस्यसहित ५ संक्रमितलाई पनि केन्द्र ल्याइँदै गरेको मिश्रले जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?