२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सरकारका अनेकौैं काम आलोचनायोग्य तर नक्सा जारी गर्नु स्वागतयोग्य : गौतम

'पार्टीको सामूहिक निर्णयलाई सरकारले अनुमोदन गरेको हो, कसैको देवत्वकरण नगरौं'

काठमाडौँ — नेकपाका सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले गरेका अनेकौं कदम आलोचनायोग्य भए पनि अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने काम स्वागतयोग्य भएको बताएका छन् । 

सरकारका अनेकौैं काम आलोचनायोग्य तर नक्सा जारी गर्नु स्वागतयोग्य : गौतम

बुधबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत नेता गौतमले सिमाना व्यवस्थापनकसँ सम्बन्धित ऐतिहासिक अभिलेखलाई नयाँ नक्साले बलियो बनाएको उल्लेख गर्दै गौतमले आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिएको बताएका छन् ।

नेता गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर मुलुकको नयाँ नक्सा जारी गर्न सुरुदेखि नै आफूले माग गर्दै आएको बताएका छन् ।

‘नक्सा जारी हुनु सामूहिक प्रयास’

त्यस्तै नेता गौतमले कोही निश्चित व्यक्तिको प्रयासबाट नभएर सामूहिक प्रयासबाट नयाँ नक्सा जारी गर्ने निर्णय भएको बताए । उनले भनेका छन्, अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, 'यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।'

नक्सा बुधबार सार्वजनिक गरिने

यसैबीच मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी मंगलबार लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गरेका हुन् ।

प्रमाणित नयाँ नक्सा बुधबार भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्न लागेको उच्च स्रोतले कान्तिपुरलाई बतायो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?