कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नरैनापुरका स्थानीयले कोरोना संक्रमितलाई नेपालगन्ज लैजान दिएनन्

मधु शाही

बाँके — जिल्लाको नरैनापुर गाउँपालिकाका संक्रमितहरुलाई नेपालगन्ज सार्न खोज्दा स्थानीयले अवरोध गरेका छन् । गाउँपालिकाको वडा नं २ स्थित आदर्श मावि लक्ष्मणपुरमा रहेको क्‍वारेन्टाइनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुलाई स्वास्थ्यकर्मीको टोली बिहान ११ बजेदेखि नेपालगन्ज सार्ने आउँदा स्थानीयले विरोध जनाएका हुन् ।

नरैनापुरका स्थानीयले कोरोना संक्रमितलाई नेपालगन्ज लैजान दिएनन्

वडाध्यक्ष महसुद अहमद साहका अनुसार जनताले कुरा नबुझेर संक्रमितलाई अन्यत्र सार्न दिएका छैनन् । ‘बिहानदेखि सम्झाउँदा समेत मान्दैनन,’उनले भने, ‘बाहिर लगे भने कसैले मार्दिन्छ रे भेट्न पाइँदैन भन्दै डराएका छन्, जनता ।’उक्त क्‌‍वारेन्टाइनमा ८३ जना राखिएका छन् । जसमध्ये, १२ जना संक्रमित पुष्टि भइसकेका छन् ।

'खाने, बस्ने व्यवस्था नभएको ठाउँमा संक्रमित राख्न झनै जटिल भएको बताउँदासमेत यहाँका स्थानीय सहमतिमा आएका छैनन्', वडाध्यक्ष साहले भने । सोमबार नरैनापुर गाउँपालिकामा ५९ जना कोरोना संक्रमित पृष्टि भएका थिए । जयकिसन मावि, कृष्ण प्रावि र आदर्श माविमा कोरोना संक्रमित भेटिएका हुन् । यसमध्ये जयकिसन र कृष्ण प्राविका संक्रमितलाई नेपालगन्जमा व्यवस्था गरिएको आइसोलेसनमा लगिएको भए पनि वडा २ मा पर्ने आदर्श माविका संक्रमितलाई परिवारले जानमा अवरोध सिर्जना गरेको स्थानीय अगुवा विनय दीक्षितले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?