१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कोरोनाले मृत्यु भएकी महिलाका ५४ जना छिमेकीको रिपोर्ट नेगेटिभ 

अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरकी सुत्केरी महिलाका ५४ जना छिमेकीको स्वाबको पीसीआर परीक्षण नेगेटिभ आएको छ । बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

कोरोनाले मृत्यु भएकी महिलाका ५४ जना छिमेकीको रिपोर्ट नेगेटिभ 

‘दुई जनाको रजिस्ट्रेसन नभएकाले छुटेको रहेछ, बाँकी ५४ जनाको भने पीसीआर नेगेटिभ आएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय चौताराका तथ्यांक अधिकृत कृष्ण तिवारीले भने ।

वाग्मती सरकारकाा विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगर–९ स्थित चालिसे गाउँकी २९ वर्षिया मृतक संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र सम्पर्कमा रहेका ५६ जना स्थानीयको नमुना संकलन गरेर सोमबार पठाएको थियो भने बाँकी एकसय ३५ को मंगलबार बिहानसम्म काठमाडौं पुर्‍याइएको छ । यसअघि संक्रमितको परिवार सबैको पीसीआर नेगेटिभ आएपछि केही ढुक्क भएका स्थानीय आधा गाउँलेको परीक्षण नेगेटिभ आएपछि उत्साहित बनेका छन् । सबैको पीसीआर परीक्षणको लागि काठमाडौंदेखि प्रदेश, मन्त्रालयबाट ल्याब विशेषज्ञ र डाक्टरसहित प्राविधिक स्वास्थ्य र सुरक्षाकर्मीको संयुक्त दुई दर्जन टोली खटिएका थिए ।

स्थानीय तहसँग छलफलअघि प्रारम्भिक चरणमा कोभिड–१९ को पिसिआर परीक्षणको लागि नमुना संकलन गर्न दुई सयवटा पीसीआर किट लगिएको र ४६ जनाको मात्रै सूची बनाइएको थियो । संक्रमितका बाँकी परिवार, आफन्त, छिमेकी, संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैको गर्दा संख्या बढ्दै गएर एकसय ९१ पुगेको थियो ।

जिल्ला सुरक्षा समितिले निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ । स्वाब संकलन राम्चेको छिमेकीको ठोट्नेरी गाउँबारीमा र अन्यको प्रास्वाकेमै गरिएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?