१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रोल्पामा आइसोलेसनमा रहेका युवाको मृत्यु

काशीराम डाँगी

रोल्पा — जिल्लामा आइसोलेसनमा रहेका एक युवाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १ का २२ वर्षका युवाको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आइतबार राति अस्पतालमा भर्ना भएका थिए । 

रोल्पामा आइसोलेसनमा रहेका युवाको मृत्यु

अस्पतालका डा अनिल केसीले युवाको मिर्गौलाले काम नगरेपछि मृत्यु भएको जानकारी दिए । ‘दुवै मिर्गौलाले काम नगरेपछि ती युवाको मृत्यु भएको हो ’ डा केसीले भने ।

अस्पतालका अनुसार ती युवालाई राजधानीस्थित शिक्षण अस्पतालमा उपचारका लागि केही साताअघि पुर्‍याइएको थियो । त्यहाँ उपचार गर्न संभव नभएपछि आफन्तले फिर्ता ल्याएका थिए । तर उनलाई घर पुर्‍याउनुअघि अस्पतालमा पुर्‍याई कोरोना संक्रमणबारे जाँच गर्ने उद्देश्यले परिवारले रोल्पा अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा भर्ना गर्दा ती युवामा खोकी र ज्वरोको समस्या देखिएको थियो । मिर्गौला उपचार गर्न आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्दागर्दै परिवारले उनलाई घर फिर्ता लिएको थियो ।

युवाको मृत्युपछि कोरोना संक्रमण भए/नभएको बारेमा पनि उनीसहित परिवारका ३ सदस्यको तत्कालै आरडीटी (र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट) जाँच गरिएको थियो । आरडीटी नतिजा नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्न नमुना संकलन गरी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पताल प्रमुख डा धनमाया घर्तीमगरले बताइन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?