१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कपिलवस्तु जेठ २० गतेसम्म 'सिल'

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तु जेठ २० गतेसम्म 'सिल' गरिने भएको छ । कोरोना संक्रमण न्यूनिकरणका लागि स्थानीय प्रशासनले जारी गरेको लकडाउन प्रभावकारी बनाउन भन्दै सोमबार बसेको जिल्ला सुरक्षा समिति बैठकले जिल्ला सिल गर्ने निर्णयको अवधि १५ दिन थप गरेको हो ।

कपिलवस्तु जेठ २० गतेसम्म 'सिल'

यसअघि २९ वैशाखदेखि जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो ।

बैठकले तरकारी, खाद्यान्न र अतिआवश्कीय समान खरिद गर्ने समय पनि छोट्याउने निर्णय गरेको छ । सुरक्षा समितिका अनुसार सोमबार, बुधबार र शनिबार बिहान ७ देखि ९ बजेमात्र तोकिएको छ । यसअघि प्रत्येक दिन बिहान २ घण्टाको समय तोकिएको थियो ।

जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन र मानिसको आवतजावतलाई पुरै रोक लगाइएको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र निर्माणसँग सम्बन्धित सबै काम जेठ ५ गते राति १२ देखि जेठ २० गते राति १२ बजेसम्म गर्न रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम पूर्ण रुपमा रोक लगाइएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । अत्यावश्यकीय वस्तुहरु ढुवानी गर्ने सवारी साधनहरुलाई पनि जिल्लाभित्र मान्छे ओराल्न र चढाउन नपाउने व्यवस्था गरिएको उनले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा सोमबारसम्म ४३ जना कोरोना संक्रमित भेटिएका छन् ।


प्रकाशित : जेष्ठ ५, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?