२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन

लकडाउनका कारण प्रभावित हुने मुद्दाको कानुनी अड्चनबारे सम्बोधन गर्ने तयारी
कृष्ण ज्ञवाली

काठमाडौँ — लकडाउनले अप्ठेरो पारेका मुद्दाबारे छलफल गर्न सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन भएको छ । करिब ५५ दिनदेखि जारी लकडाउनका कारण उठ्ने म्याद, हदम्याद अनि तारेखका विषयवस्तुबारे सम्बोधन गर्न सर्वोच्च अदालतमा बहालवाला एकजना बाहेक सबै न्यायाधीश सम्मिलित बृहत्तर इजलास गठन भएको हो ।

सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन

इजलासमा सर्वोच्च अदालतकै मुद्दा महाशाखाबाट तयार भएको प्रतिवेदनबारे छलफल हुनेछ । उक्त प्रतिवेदनका साथमा अधिवक्ताहरु टिकाराम भट्टराई र महेश्वर श्रेष्ठलगायतले दर्ता गरेको निवेदन पनि साथमा राखिएको छ । सर्वोच्चमा हाल २० जना न्यायाधीश बहाल रहेकोमा १९ सदस्यीय इजलास गठन भएको हो । न्यायाधीश डम्बरबहादुर शाहीले केही दिनभित्रै अवकाश लिने भएकाले उनलाई इजलासमा समावेश गरिएको छैन । सर्वोच्चमा एउटा न्यायाधीशको पद भने रिक्त छ ।

यो इजलासले के हेर्छ ?

गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएपछि मुद्दा दर्ता गर्नुपर्ने हदम्याद र फैसलाको पुनरावेदन गर्नुपर्ने म्याद नाघेका कारण सयौं मुद्दा प्रभावित भएका छन् । मुद्दाका पक्षहरुले तारिख लिन जान पाएका छैनन् । कानुनअनुसार चल्नुपर्ने म्याद, हदम्यादका विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकको भरमा निर्णय गर्दा त्यसको वैधताको प्रश्न उठ्ने भएकाले इजलासबाट सम्बोधन गर्न खोजिएको हो ।

यही विषयमा सर्वोच्च अदालतले तीन फरक निकायबाट अदालतका सहयोगी(एमिकस क्यूरी) झिकाएको थियो । सर्वोच्च अदालत बार एसोसिएसन, नेपाल बार एसोसिएसन अनि महान्यायाधिवक्ता कार्यालयले आ–आफ्नो राय बुझाइसकेका छन् । यसै विषयमा सोमबार गठन भएको इजलासमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

सर्वोच्चकै निर्णयमाथि वैधताको प्रश्न

लकडाउनले अड‍्‍‍किएका मुद्दामा कानुनी अड्चन

सबै तहका न्यायालय दुई साता बन्द

प्रकाशित : जेष्ठ ५, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?