त्रिवि शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरिने

परीक्षण संख्या २देखि ३ हजार हुन सक्ने
अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालले आफ्नो सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरिने

शिक्षण अस्पतालसँग प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ जना कोरोना संक्रमित सम्बद्ध देखिएपछि अस्पतालमा कार्यरत सबैको कोरोना जाँच हुन लागेको हो ।

'६ वर्षे बिरामी, बिरामीको कुरुवा र हालै मृत्यु भएकी महिला गरी ३ जना कोरोना पोजिटिभको अस्पतालसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सम्बद्ध रहेकोले हामीले सबै कर्मचारीको कोरोना जाँच गर्न लागेका हौ', शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले कान्तिपुरसँग भने। यस अन्तर्गत अस्पतालसँग सम्बन्धित करिब २ देखि ३ हजार जना कर्मचारी को कोभिड १९ परीक्षण गरिने छ।

यस्तै बिरामी वा कुरुवासँग प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई पीसीआर परीक्षण गरिने छ भने अप्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई द्रूत परिक्षण किट(आरडीटी)बाट परीक्षण गरिने डा. दासले बताए ।

हाल अस्पतालले कोभिड-१९ बिरामीको सम्पर्कमा आएकाहरूको व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङ समेत गरिरहेको छ।

प्रकाशित : जेष्ठ ४, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?