२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोनाबाट मृत्यु हुने महिला बस्ने घर र मामाघर सिल

मकर श्रेष्ठ

काठमाडौँ — प्रहरी र टोखा नगरपालिकाले कोरोनाका कारण धुलिखेलमा मृत्यु भएकी महिला भाडामा बस्ने घर र मामाघर सिल गरेको छ । उनीहरु काठमाडौंको टोखा नगरपालिका-९ स्थित बुद्धमार्गमा बस्थे । 

कोरोनाबाट मृत्यु हुने महिला बस्ने घर र मामाघर सिल

टोखा नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष जोगप्रसाद नेपालले मृतक महिला बसेको घर र उनीहरु बस्ने नजिकैको मामा घरमा पनि सिल गरिएको बताए । ‘दुवै ठाउँमा आउजाउ बन्द गरेका छौं । घरका मान्छेलाई हिजो रातीदेखि नै बाहिर निस्कन दिएका छैनौैं,’ उनले भने ।

ती महिला काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बसेको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र सिल गरिएको जानकारी टोखाका मेयर प्रकाश अधिकारीले जानकारी दिए ।

ती महिला बस्ने घरका १२ जना र मामा घरका ५ जनाको स्वाब परीक्षण गर्न स्वास्थ्य टोली मगाएको उनले बताए । चार तले घरको दोस्रो तलमा उनको परिवार बस्थ्यो । अस्पतालबाट डिस्चार्ज हुनुअघि बिरामीलाई खाना र कपडा लिन आउजाउ भएकोले घरमा बस्नेको स्वाब लिन लागिएको वडाध्यक्ष नेपालले बताए । ती महिलाले घर नजिकै तरकारी पसल गर्ने भए पनि गर्भवती भएको केही महिनापछि छाडेको पाइएको वडाध्यक्ष नेपालले बताए । श्रीमान भने नेपाल सेनाबाट अवकाश पाएपछि सुरक्षागार्डमा काम गर्ने गरेको उनले बताए ।

सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोनाको कारण मृत्यु भएपछि श्रीमान्, आमा, नन्द र १२ दिनको बच्चालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पतालले उनीहरुको पनि स्वाब निकालेर परीक्षण गरिरहेको छ । उनीहरुको नतिजा आउन बाँकी छ ।

सम्बन्धित समाचार

कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि

जो निसंकोच कोभिड–१९ ले मृत्यु भएकी महिलाको मलामी गए

प्रकाशित : जेष्ठ ४, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?