स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

सम्बन्धित पालिकाले २ साता क्वारेन्टाइनमा राख्ने
अर्जुन शाह

धनगढी — ‘रहरले हैन, बाध्यताले परदेशमा मजदुरी गर्न गएका हामीहरुले आफ्नै देशमा आउन नपाएर ४५ दिनसम्म सीमा क्षेत्रमै छट्पटिनु पर्दा असाध्यै पीडा भयो,’ कञ्चनपुरकी सुजिता विकले भनिन्, ‘अब त बाच्छौंजस्तो लागेको छ ।’
डेढ महिनाअघि भारतीय सहरबाट घर फर्किन हिँडेका सुजातासहित सात सय बढी नेपालीहरु बन्द भएका कारणयता आउन नपाएर कैलालीको सीमावर्ती पलियामा रहेका भारतीय क्वारेन्टाइनमै बस्न बाध्य भए ।

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]
स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

उनीहरुमध्ये अधिकांश युवा रहेका भएपनि बालबालिका, वृद्धवृद्धा र सुत्केरीहरु पनि थिए । शुक्रबार र शनिबार धनगढीको सीमा क्षेत्र भारतको पलियाका क्वारेन्टाइमा राखिएकाहरु स्वदेश फर्कन पाउँदा निकै खुसी देखिन्थे । कञ्चनपुरकै कृष्ण विक भन्दै थिए, ‘धेरै दुख्ख पायौं । अब सरकारले हामीलाई कुनै रोजगारीको बाटो देओस्, भारत कहिल्यै जान्नौं ।’

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

सुर्खेतका भक्तिप्रसाद चौलागाईको भनाइ पनि उस्तै थियो । उनी भन्दै थिए ‘सरकारले काम देखाइदेओस्, गाउँ छाडेर हामी कतै जान्नौं ।’ चौतर्फी दबाब बढ्दै गएपछि कैलालीको स्थानीय प्रशासन, स्थानीय निकायहरु र प्रदेश सरकार तथा सुरक्षा निकायको संयुक्त पहलमा शुक्रबार र शनिबार गरी भारतीय क्षेत्र पलियाका चार वटा क्वारेन्टाइनहरु जिल्ला पञ्चायत इन्टर कलेज, बलदेव वैदिक इन्टर कलेज, राजकीय कन्या इन्टर कलेजमा राखिएका ७५३ जना नेपालीहरुलाई नेपाल ल्याइएको हो । उनीहरु सबैको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । महाराष्ट्रबाट आएका ५० जनालाई अलग्गै राखेर पीसीआर गरिएको हो भने अन्यको आरडीटी परीक्षण गरिएको निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले बताए ।

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

भारतीय क्षेत्रमा अड्किएकाहरुलाई नेपाली पक्षले जिम्मेवारी लिएसँगै धनगढीका क्वारेन्टाइनसहित घर फर्किने ८२४ जनालाई भारतीय सुरक्षाकर्मीहरुको जिम्मा लगाएर नेपालबाट पठाइएको थियो । त्यसक्रममा आफ्नो घर फर्किन पाएकोमा नेपाली जति खुसी देखिन्थे नेपालबाट भारत जानेहरु पनि उत्तिकै खुसी देखिन्थे ।

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

नेपाल आएकाहरुलाई सम्बन्धित पालिकाहरुको जिम्मा लगाइने र दुई साता क्वारेन्टाइनमा राखिने योजना यहाँको पक्षले बनाएको छ । सुरुको दिन शुक्रबार आएकाहरुलाई त्रिनगरस्थित नवदुर्गा माध्यमिक विद्यालयमा राखिएको थियो । दोस्रो दिन आएकाहरुलाई कैलाली बहुमुखी क्याम्पसमा राखिएको छ ।

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

स्वदेश फर्कन पाएपछिकाे खुसी [तस्बिरहरु]

प्रकाशित : जेष्ठ ४, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?