२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मृतक महिलाको शव सेनाको स्कर्टिङमा काठमाडौं ल्याएर अन्त्येष्टि गरिँदै

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगरी सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ ।

मृतक महिलाको शव सेनाको स्कर्टिङमा काठमाडौं ल्याएर अन्त्येष्टि गरिँदै

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।

शव लैजान प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्‌सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीसहित पठाइएको सुरक्षा निकाय स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

‘सेनाको टोलीले काभ्रेबाट सद्‍गत गर्न काठमाडौं हिँडाइसक्यो,’ अस्पताल स्रोतले भन्यो । उनको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गर्न लागिएको हो । काभ्रेमा शववाहन नपाएपछि काठमाडौंबाट लगिएको थियो ।

‘कोरोनाकै कारण मृत्यु भएकोले सेनाले स्कर्टिङ गरेको छ । सदगत गर्न आउने टोलीमा ५ जना छन्,’ काभ्रेका एक सुरक्षा अधिकारीले भने, ‘सद्गत गर्ने एकजनालाई पनि पीपीई पठाएका छौं ।’ मृतकका श्रीमान्‌लाई छुट्टै गाडीमा पठाइएको ती सुरक्षा अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेकोले औपचारिक घोषणा नभएको बताए । ‘रिपोर्ट नआएसम्म औपाचारिक केही बोल्न मिलेन । रिपोर्ट आउनेबित्तिकै हामी सार्वजनिक गर्छौं,’ उनले भने, ‘शव व्यवस्थापको बारेमा जानकारी भएन ।’

शवको व्यवस्थापनमा खटिएका सबैलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?