कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनौली नाका : १६५ नेपाली भित्रिए, १२३ भारतीय बाहिरिए

माधव ढुंगाना

भैरहवा — सुनौली नाकाबाट शनिबार १ सय ६५ जना नेपाली र १ सय २३ जना भारतीय नागरिकलाई एक अर्को देशमा बुझाइएको छ ।

सुनौली नाका : १६५ नेपाली भित्रिए, १२३ भारतीय बाहिरिए

उनीहरु सबै लकडाउन र सीमा सिल गरिएपछि भारत र नेपालमा फसेका हुन् । उनीहरु सबै एक अर्को देशको क्वारेन्टाइनमा न्यूनतम २१ दिनको क्वारेन्टाइनको अवधि पुरा गरेका हुन् ।

भारतको नौतनवास्थित क्वारेन्टाइनबाट शनिबार १ सय ६५ जना नेपालीलाई स्वदेश ल्याइएको छ । यही नाकाबाट शुक्रबार साँझ २ सय ३९ जना नेपालीलाई ल्याइएको थियो । जसमा महिला, बालबालिका समेत विभिन्न जिल्लाका छन् ।

उनीहरुलाई सैनामैना, देवदह नगरपालिका, कंचन र रोहिणी गाउँपालिका र बुटवलस्थित कोरियन प्राविधिक विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार ४ सय ४ जनालाई स्वदेश ल्याउन भनिएकोमा देवदह नगरपालिकामा तयार गरिनु पर्ने क्वारेन्टाइन शुक्रबार तयारसम्म तयार नभएकाले शुक्रबार २ सय ३९ जनालाई ल्याइएको थियो ।

रुपन्देहीका एसपी हेम बहादुर थापाले देवदहको क्वारेन्टाइन तयार भएपछि नौतनवाबाट शनबार १ सय ६५ जनालाइ ल्याइएको बताए ।

यसैगरी लकडाउनले नेपालतर्फ रहेका १ सय ३३ जना भारतीय नागरिकलाई शनिबार नै सुनौली नाकाबाट भारतीय प्रशासनलाई जिम्मा लगाइएको बेलहिया इलका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनका अनुसार, ती भारतीय नागरिक रुपन्देहीको रोहिणी, सम्मरीमाई गाउँपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?