कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मृतक महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टिको तयारी

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ९ दिनकी सुत्केरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गर्ने तयारी भइरहेको छ । डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली र शववहान धुलिखेल अस्पताल परिसरमा छ ।

मृतक महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टिको तयारी

जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको थियो ।

अस्पतालले शंका लागेर फेरि परीक्षण गरेको र टेकुस्थित प्रयोगशालाको परीक्षणमा पनि पीसीआरको नतिजा पोजिटिभ आएको जिल्ला संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिएका छन् । यसको औपचारिक पुष्टि भने गरिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणहरु भइरहेको भन्दै विवरणहरु सार्वजनिक गरिने बताएका छन् ।

यो पनि पढ्नुहोस् :

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन

धुलिखेलमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै


९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनी डिस्चार्ज भएर २ दिन काठमाडौंस्थित आफन्तमा बसेकी थिइन् । त्यसपछि घर फर्केकी उनलाई बिहीबार स्वासप्रस्वासमा समस्या देखिएको थियो । रोग केही कम भएपछि घर फर्केकी उनलाई पुनः ज्वरो र रुघाखोकी लागेपछि धुलिखेल अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै राति नै उनको मृत्यु भएको थियो ।

कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । उनका परिवारका सदस्यहरुको स्वाब संकलन गरिएको छ भने उनको उपचारमा संलग्नहरुलाई क्वारेन्टाइनमा लाने तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?