कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकाे अस्पतालको भनाई

काठमाडौँ — कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।

‘हामीले अनेक प्रयास गर्‍यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ उनले भने, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’

स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

प्रकाशित : जेष्ठ ३, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?