कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भाग्‍ने संक्रमितलाई गोली हान्‍ने निर्णयबाट पछाडि हट्यो पर्सा प्रशासन

भूषण यादव

वीरगन्ज — आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित व्यक्ति भाग्न खोजे सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने आफ्नै निर्णयबाट संकट व्यवस्थापन केन्द्र पर्सा पछाडि हटेको छ । उक्त निर्णयको विरोध भएपछि शुक्रबार साँझ संशोधन गरिएको हो ।

भाग्‍ने संक्रमितलाई गोली हान्‍ने निर्णयबाट पछाडि हट्यो पर्सा प्रशासन

पर्साका सहायक जिल्ला अधिकारीका अनुसार आम सर्वसाधारण एंव अन्य सरोकारवालाहरुमा केही अस्पष्टता सिर्जना गरेको देखिएकोले शुक्रबार भएको संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णयलाई संशोधन गरिएको हो ।

बिहीबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका सम्बन्धमा गरेका विभिन्न निर्णयहरुमध्ये संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसको लागि सरक्षा निकायलाई गोलीसमेत चलाउने अधिकार प्रदान गर्ने भएको निर्णयको बढी आलोचना भएको थियो ।

शुक्रबार साँझ संकट व्यवस्थापन केन्द्रको बैठकले अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकताअनुसार बल प्रयोग गर्दे नियन्त्रणमा लिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत जनाएका छन् । वीरगन्जको नारायणी आस्पतालको आइसोलेसनबाट बुधबार मात्र दुई जना संक्रमित अस्पतालको शौलालयको भेन्टिलेसन फोडेर भागेका थिए । दुवैलाई प्रहरीले त्यही दिन नियन्त्रणमा लिएर पुनः आइसोलेसनमा राखेको छ ।

सम्बन्धित समाचार

पर्सामा आइसोलेसनबाट संक्रमित भागे गोली हान्‍न‍े अनुमति

प्रकाशित : जेष्ठ ३, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?