नीति तथा कार्यक्रम राम्रो तर कार्यान्वयनमा चुनौती : अध्यक्ष दाहाल

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि अध्यक्ष दाहालले नीति तथा कार्यक्रम राम्रो भएको तर कार्यान्वयनमा चुनौती रहेको प्रतिक्रिया दिए ।

नीति तथा कार्यक्रम राम्रो तर कार्यान्वयनमा चुनौती : अध्यक्ष दाहाल

संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको तर कार्यक्रम कार्यान्वयनमा चुनौति रहेको बताएका हुन् । उनले भने, ‘चुनौती कार्यान्वयनको छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने मुलुकले राम्रो गति लिन्छ ।'

नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मुल्यांकन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताए । उनले अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको तर कार्यान्वयनमा चुनौति रहेको बताए ।

‘कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिँदैन । त्यो प्रभावको समग्र मुल्यांकनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ,' नेता शर्माले भने, 'अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौं त्यो राम्रो छ । सबै क्षेत्रलाई समेटेको छ फेरि पनि कार्यान्वयनका चुनौतिहरू हाम्रा अगाडि छन् ।’

प्रकाशित : जेष्ठ २, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?