३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको आरडीटी पोजिटिभ

घर जान नमानेपछि कार्यालयमा बस्ने व्यवस्था मिलाइँदै

काठमाडौँ — काठमाडौं महानगरपालिकाभित्र फोहोर मैला व्यपस्थापनमा खटिने ३१ जना सफाइ कर्मचारीमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको छ । महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारीको आरडीटी परीक्षण गरेको थियो ।

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको आरडीटी पोजिटिभ

महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परिक्षण गरिएको महानगको जनस्वास्थ्य शाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए । ‘३१ जनाको आरडीटी पोजिटिभ देखिएको छ,’ उनले भने, ‘उनीहरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाएका छौं ।’

बज्राचार्यका अनुसार काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा विभागको समन्वयमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरुले कोरोना परीक्षण गरेको थियो ।

आरडीटी पोजिटिभ देखिएसँगै सरसफाईकर्मी घर जान नमानेपछि उनीहरुलाई टेकुस्थित वातावरण विभागकै कार्यालयमा बस्ने व्यवस्था मिलाइरहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

आरटीडी परीक्षणमा पोजिटिभ देखिएका केही कर्मचारी खाद्यान्‍न र राहत वितरण कार्यहरुमा खटिएको श्रेष्ठले कान्तिपुरलाई बताए । महानगरको टेकुमा रहेको वातवरण शाखा बाहेक अन्य वडाहरुमा कार्यरत सरसफाइ कर्मचारीहरुको आरटीडी परीक्षणमा पोजिटिभ देखिएको श्रेष्ठले बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले केही कर्मचारीहरुमा देखिएको बताए । 'मैले ठ्याक्कै रिपोर्ट हेरेको छैन । केही कर्मचारीहरुको आरडीटी पोजिटिभ देखिएको सत्य हो,' उनले भने ।

यो पनि पढ्नुहोस् :

आरडीटी किटबारे विवाद किन ?

'आरडीटी' किट खासमा कति ठीक ?



प्रकाशित : जेष्ठ २, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?