कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने 

'नीति तथा कार्यक्रममै यो विषयको संवोधन हुने सम्भावना छ'
दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएका छन् । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्न सरकारलाई सुझाव दिएपछि उनले बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने 

नेकपा सचिवालयको आजको बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्‍ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पहिला नक्सा जारी गर्ने त्यसपछि वार्ता र कुराकानी हुँदै गर्छ भन्ने निष्कर्षमा प्रधानमन्त्रीसहितका नेकपा नेताहरु पुगेका छन् । सचिवालयका एक नेताका अनुसार सरकारको अहिले प्रस्तुत हुने नीति तथा कार्यक्रममै नेपालको भूमि र नक्साको बिषयमा समेत संवोधन हुने सम्भावना छ ।

प्रकाशित : जेष्ठ २, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?