इलेक्ट्रिसियनसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता 

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दुइटा मुद्दा दर्ता गरेको छ । अख्तियारले एउटा नक्कली प्रमाणपत्रको अनि अर्को रंगेहात घूसको मुद्दा दर्ता गरेको हो । 

इलेक्ट्रिसियनसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता 

अख्तियारले विद्युत् प्राधिकरणका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । उनले ८ कक्षा पास गरेको प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ ।

अख्तियारले भ्रष्टाचार मुद्दाको साक्षी बस्नुपर्ने शर्त उल्लंघन गरेको आरोपमा बाराको पचरौता नगरपालिकाको कार्यालय सहयोगी ध्रुव महतो नुनियाविरुद्ध १५ हजार रुपैयाँ विगो मागदाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यही नगरपालिकाका इञ्जिनियर रामप्रकाश सतराविरुद्धको मुद्दामा साक्षी बस्न स्वीकार गरेपछि नुनियाले घूस लिएको भए पनि उनी विरुद्धको सजाय मागदाबीमा अख्तियारले छुट दिएको थियो । तर अदालतमा फरक बकपत्र गरेको भन्दै नुनियाविरुद्ध पनि मुद्दा चलाएको हो । बकपत्र गरेको घटना लकडाउनअघि माघ १५ गतेको हो ।



प्रकाशित : वैशाख ३१, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?