स्वास्थ्य सामग्री लिएर आयो चिनियाँ वायुसेनाको जहाज [तस्बिरहरु]

काठमाडौँ — बुधबार बिहान चिनियाँ वायुसेनाको जहाज विभिन्न स्वास्थ्य सामग्री लिएर काठमाडौं आएको छ । चिनियाँ जनमुक्ति सेना(पीएलए)ले नेपाली सेनालाई सहायतस्वरुप दिएको स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको इलुसिन आईएल–७६ जहाज बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

स्वास्थ्य सामग्री लिएर आयो चिनियाँ वायुसेनाको जहाज [तस्बिरहरु]

उक्त जहाज सिचुवान प्रान्तको राजधानी छेन्दुबाट आएको हो । स्वास्थ्य सामग्री लिएर आएको जहाज बिहान १० बजेर ५३ मिनेट जाँदा फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कान्तिपुरलाई जानकारी दिए । प्रवक्ता क्षेत्रीका अनुसार चिनियाँ वायु सेनाको उक्त जहाजले विभिन्न १३ प्रकारका स्वास्थ्य सामग्री ल्याएको छ ।

३ सय ९१ बक्समा एक लाख १६ हजार ९ सय ८४ पिस स्वास्थ्य सामग्री नेपाली सेनालाई चिनियाँ सेनालाई उपलब्ध गराइएको भन्ने जानकारी प्राप्त भएको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए । ती स्वास्थ्य सामग्री के–के हुन् भन्ने जानकारीचाहिँ आफूलाई प्राप्त नभएको प्रवक्ता क्षेत्रीले बताए ।

नेपाली सेनाले भने चिनियाँ सेनाबाट के–के स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो भन्नेबारेमा औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित : वैशाख ३१, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?