२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आरोग्य प्रतिष्ठानमा कार्यरत महिलामा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

काठमाडौँ — ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ ।

आरोग्य प्रतिष्ठानमा कार्यरत महिलामा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए ।

तस्बिरहरू: हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रतिष्ठानमा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ । सो प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ । परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली अहिले प्रतिष्ठान पुगेर ड्राइभर र कर्मचारीको सम्पर्कमा आएका प्रतिष्ठान र अस्पतालका विभिन्न कर्मचारीहरुको स्वाब लिँदैछ ।

यस्तै ड्राइभरको सम्पर्कमा आएका र सो एम्बुलेन्स प्रयोग गरिएकाहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न अनुरोध गरिएको एक चिकित्सकले जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?