समाचार

तीन सुरक्षाकर्मीसहित कपिलवस्तुमा एकै दिन ९ जनामा कोरोना संक्रमण

जिल्लामा तीन वटै सुरक्षा अंगका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । सशस्त्र र नेपाल प्रहरीका नायब निरीक्षक र राष्ट्रिय अनुसन्धानका असईलाई संक्रमण देखिएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरु सबै सीमा कृष्णनगरमा खटिएर ड्यूटी गरेका थिए ।

सर्वदलीय बैठकमा नेताहरुको एकै स्वर–‘अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग उच्चस्तरीय वार्ता गर’

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन तत्काल भारतसँग उच्चस्तरीय र कूटनीतिक वार्ता गर्न सुझाव दिएका छन् । 

भक्तपुरमा बिहीबारदेखि लकडाउन थप कडा, घर बाहिर निस्कन निषेध

भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले बिहीबारदेखि लकडाउनलाई थप कडाई गर्ने भएको छ । बुधबार बसेको समिति बैठकले अत्यावश्यक कामबाहेक स्थानीयलाई घर बाहिर निस्किन नदिने निर्णय गरेको हो ।

अहिले राष्ट्रवादको कार्ड नखेलौं, भारतीय समकक्षीसँग प्रधानमन्त्रीले वार्ता गर्नुस् : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले भारतीय पक्षबाट अतिक्रमण भएको नेपाली भूमि फिर्ता लिन प्रधानमन्त्रीबाटै भारतीय प्रधानमन्त्रीसँग वार्ता र कुटनीतिक प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

इलेक्ट्रिसियनसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दुइटा मुद्दा दर्ता गरेको छ । अख्तियारले एउटा नक्कली प्रमाणपत्रको अनि अर्को रंगेहात घूसको मुद्दा दर्ता गरेको हो । 

वीरगन्जबाट फरार एक संक्रमित पक्राउ 

नारायणी अस्पताल वीरगन्जको आइसोलेसन वार्डबाट फरार भएका दुईमध्ये एकजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी उपरिक्षक गंगा पन्तका अनुसार उनलाई तिलावे खोला नजिकैबाट पक्राउ गरिएको हो । अर्का फरार पनि छिट्टै निन्त्रणमा आउने उनले बताइन् ।

थप २४ मा कोरोना, संक्रमितको संख्या २४३ पुग्यो

बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । 

भारतसँग तुरुन्त उच्चस्तरीय संवाद गर्न सर्वदलीय बैठकमा देउवाको सुझाव 

कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कालपानीमा भारतले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सरकारलाई उच्चस्तरीय राजनीति र कुटनीतिक संवाद थाल्न सुझाव दिएका छन् ।

सेनाले किनेको स्वास्थ्य सामग्री तातोपानीमा

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री हवाई मार्गभन्दा सडकबाट छिटो भित्रिने भएको छ । स्थलमार्गबाट स्वास्थ्य सामग्री बुधबार तातोपानी नाका आइपुगेको छ । त्यहाँ करिब तीन दिनमा भन्सारको काम सकेर सामग्री काठमाडौं ल्याइने सेनाले जनाएको छ ।

बजेटमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनेछ : अर्थमन्त्री

नागरिकको जीवनरक्षा आगामी आर्थिक २०७७/०७८ को प्राथमिकतामा पर्ने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी वर्ष २०७७/०७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्यसेवाका उपकरण र पूर्वाधार विस्तारलाई समावेश गरिने बताएका हुन् ।

प्रिबजेट छलफलमा भाग लिन नपाएपछि संसदमा नेकपाका सांसदहरूको आक्रोश

कोरोना भाइरस (कोभिड- १९)को कारण यसपालि संसदको बजेट अधिवेशन ढिलोगरी आह्वान भयो । जसका कारण प्रिबजेटमाथि पर्याप्त छलफल हुन सकेन । अर्कोतिर, प्रिबजेट पहिले आउनुपर्ने सरकारको नीति तथा कार्यक्रम पछाडिका लागि सारियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । 

दार्चुलाको छाङरुमा बीओपी स्थापना

सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका-१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।  

उपत्यकामै संक्रमित भेटिएपछि कोरोना परीक्षण गराउन चाहने बढे

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराउन आउनेको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म दैनिक दुई सयको हाराहारीमा कोराना परीक्षण गराइदिनु भन्दै आउने गरेकामा बुधबार ५ सय ५० जना आएको अस्तपालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । यसमध्ये ३ सय ५० जनाको स्वाब संकलन गरिएको छ । 

५० दिने लकडाउनको कांग्रेस समीक्षा : कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल

प्रमुख प्रतिपक्ष कांग्रेसले कोभिड—१९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खेल खेलेर इतिहासमै गैह्रजिम्मेवार कदम चालेको आरोप लगाएको छ ।

भारतीय अतिक्रमणविरोधी आन्दोलनमा विद्यार्थीलाई विद्युतीय झट्का

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर मण्डला क्षेत्रमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि नेपाल प्रहरीले ‘इलेक्ट्रिक सकर’ प्रयोग गरेको छ । सोमबार प्रदर्शनमा भाग लिएका विद्यार्थीले प्रहरीले आफूलाई विद्युतीय झट्का दिइएको बताएका छन् ।  

दुईजना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे

नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । 

प्रतिपक्षी सांसद भन्छन्- कोरोना नियन्त्रण गर्ने योजना ल्याउने लक्षण सरकारले देखाएन

आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी प्रतिपक्षी दलका सांसदहरूले कोरोनाको प्रभाव नियन्त्रणका लागि सरकारले योजना ल्याउने लक्षण नदेखाएको बताएका छन् ।

गुल्मी ५ दिनका लागि ‘सिल’

कोभिड–१९ को संक्रमण जोखिम बढेपछि प्रदेश ५ को पहाडी जिल्ला गुल्मी पनि जेठ ५ गतेसम्मका लागि ‘सिल’ गरिएको छ । बुधबार तम्घासमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समिति बैठकले बिहीबार बिहान ६ बजेदेखि ५ गते मध्यरातसम्म सवारी साधन आवतजावतदेखि सर्वसाधरणलाई घरबाहिर निस्कन रोक लगाएको हो ।

बीओपी स्थापना गर्न सशस्त्र प्रहरीको टोली छाङरु प्रस्थान

ब्यास गाउँपालिका-१ छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाका लागि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा नेतृत्वको टोली बुधबार दिउँसो ब्यास प्रस्थान गरेको छ । सेनाको हेलिकप्टरमार्फत आवश्यक सामान बोकेर टोली ब्यास उडेको गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । 

काबुल घटनाप्रति नेपाल सरकारद्‍वारा दु:ख व्यक्त

अफगानिस्तानको राजधानी काबुलस्थित दास्त–ए–बार्ची अस्पतालमा मंगलबार भएको आतंकवादी हमलालाई लिएर नेपाल सरकारले दु:ख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार हमलामा नवजात शिशु, आमा, नर्स र अन्य व्यक्तिहरुको मृत्युको खबरले दु:ख लागेको जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विधेयक अघि बढे

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक संसदबाट अगाडि बढेका छन् । दुवै विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएका छन् ।

कञ्चनपुरबाट सशस्त्र प्रहरीको गाडीमा काठमाडौं फर्केकी थिइन् संक्रमित

काठमाडौंमा मंगलबार कोरोना संक्रमण देखिएकी महिला तीन दिनअघि मात्रै कञ्चनपुरको वेदकोट नगरपालिका–१० हरपालबाट गएको पाइएको छ । चैत पहिलो साता काठमाडौंबाटै आएकी उनी वैशाख २८ मा सशस्त्र प्रहरीको गाडीमा फर्किएकी हुन् ।

चितवनकी संक्रमित महिला पनि निको भएर घर फर्किइन्

कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् । चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए । यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् । चितवनमा यी दुईजना मात्रै संक्रमित भेटिएर भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए ।

सांसदहरूले सरकारलाई भने- सीमामा काँडेतार लगाउने र कोरोनासँग लड्ने योजना ल्याऊ

भारतले नेपाली भूमिमा अतिक्रमण गरेर उब्जाएको सीमा समस्याको समाधान र कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएपछि आउने अवस्थाको सामना गर्नका लागि योजना ल्याउन राष्ट्रिय सभा सदस्यहरूले सरकारसँग माग गरेका छन् । 

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलक अध्यक्षलाई बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । 

भारतीय क्वारेन्टाइनमा रहेका एक नेपाली संक्रमित

नेपाल आउन सीमावर्ती क्षेत्रको भारतीय क्वारेन्टाइनमा बसिरहेका एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । उनी नौतनवास्थित मोडर्न एकेडेमी स्कुलको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

धुलिखेल र काठमाडौंमा गरिएको परीक्षणमा थप दुईमा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सामग्री लिएर आयो चिनियाँ वायुसेनाको जहाज [तस्बिरहरु]

बुधबार बिहान चिनियाँ वायुसेनाको जहाज विभिन्न स्वास्थ्य सामग्री लिएर काठमाडौं आएको छ । चिनियाँ जनमुक्ति सेना(पीएलए)ले नेपाली सेनालाई सहायतस्वरुप दिएको स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको इलुसिन आईएल–७६ जहाज बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।