१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेकपा स्थायी कमिटीको बैठक बुधबार ११ बजे बोलाइयो 

बिनु सुवेदी

काठमाडौँ — सत्तारुढ नेकपाले भोलि (बुधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बोलाएको छ । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित भएको थियो ।

नेकपा स्थायी कमिटीको बैठक बुधबार ११ बजे बोलाइयो 

'भोलि ११ बजे बैठक भनेर एसएमएस प्राप्त भएको छ,' स्थायी कमिटी सदस्य रघुजी पन्तले कान्तिपुरलाई बताए ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति जुटेको थिएन ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेको थियो । ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बताएका थिए ।

दाहाल-नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।

प्रकाशित : वैशाख ३०, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?