३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राष्ट्रिय सुरक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट ल्याउनुस् : सांसद रावल

काठमाडौँ — नेकपाका सांसद भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रिबजेट छलफलमा सहभागी हुँदै उनले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरू केन्द्रीत गरी बजेट ल्याउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सुरक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट ल्याउनुस् : सांसद रावल

देश र जनता सुरक्षित नभइ कुनै पनि काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटकपटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताए ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । लिपुलेक, कालापानी र लिम्पियाधुरा जाने सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उनको भनाइ थियो । पञ्चायतकालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार बिन्दु सञ्चालन रहे पनि अहिले सबै बन्द रहेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराएका थिए । कोरोना संक्रमण रोक्ने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरूको प्रवन्ध गर्ने नीति अघि सार्न उनले आग्रह गरेका थिए ।

‘कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौं । तर अहिलेसम्म काम सुरु भएको छैन्,' रावलले भने, 'सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमा समेत सञ्चालनमा थियो । नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रीत हुन्छ भने यी कुराहरूलाई के कुराले रोकेको छ ।’

ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी नष्ट भएर जाने अवस्थामा भारतबाट सयौं ट्रक विषादीयुक्त तरकारी आइरहेको भन्दै रावलले बजेटमा यस्ता विषयलाई कसरी सम्बोधन गर्न भन्नेबारे गम्भीरता देखाउनुपर्ने बताए ।

सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारेपनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरूलाई प्रशय दिइरहेको उनले भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : वैशाख ३०, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?