कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासअघि प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ

तस्बिर : इलिट जोशी

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडक बनाएको विरोधमा मंगलबार पनि प्रदर्शन भइरहेको छ । मंगलबार भारतीय राजदूतावास, लैनचौरनजिकै 'नेपाली सम्प्रभूताको सम्मानका गर' लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासअघि प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ

कृष्ण पहाडीलगायत केही मानवअधिकारकर्मीलाई प्रहीले नियन्त्रणमा लिको हो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको दार्चुलाको भूमि प्रयोग गरेर तिब्बत जोड्ने सडक मार्गको उद्घाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ ।

विभिन्न दल तथा दलसम्बद्ध भ्रातृ संगठन तथा नागरिक स्तरबाट समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारलाई दबाब बढिरहेको छ ।


प्रकाशित : वैशाख ३०, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?