नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।
बेलायती सेनामा भर्ती हुन तनहुँका कमल श्रेष्ठले दुई वर्ष उमेर घटाएर इमर्जेन्सी पासपोर्ट निकाले । पहिलो प्रयासमै सफल हुने आसमा लकडाउन अघि ट्ेरनिङ सेन्टरमा भर्ना भए । तर, ब्रिटिस गोर्खा नेपाल (बीजीएन) ले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै यस वर्ष नयाँ आवेदन नलिने जनाएको छ ।
मंगलबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिनमा ८३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा एकैदिनमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।
गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजारजना उपत्यका भित्रिएका छन् । सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ ।
गृहसचिव महेश्वर न्यौपानेले मंगलबार साँझ नागढुङ्गा नाका अनुगमन गरेर प्रहरीलाई बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्नलाई सम्बन्धित जिल्ला प्रशासनले गृहमन्त्रालयको स्वीकृतिमा जारी गरेको पासलाई मात्रै मान्यता दिन निर्देशन दिएका छन् ।
पर्सा जिल्लामा एकै दिन ३९ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि भएसँगै यसको नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको कुटनीतिक नोटको जवाफमा भारतीय राजदुतले तत्कालै सार्वजनिक भइसकेको प्रेस विज्ञप्ति हस्तान्तरण गर्नु उपयुक्त नभएको कुटनीतिज्ञले बताएका छन् ।
नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री हवाई मार्गभन्दा सडक मार्गबाट छिटो नेपाल भित्रने भएको छ । सरकारको निर्देशनअनुसार सेनाले चीनबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ ।मंगलबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरिया नाकासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।
बारा जिल्लामा संक्रमित हुनेको संख्या तीन पुगेसँगै केही दिनयता खुकुलो पारिएको लकडाउनमा पुनः कडाई गरिएको छ । साथै जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजे देखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा समेत जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंसहित देशभर आइतबारदेखि मान्छे र गाडीको चहलपहल बढेकामा असन्तुष्टि प्रकट गर्दै लकडाउनलाई कडाइका साथ लागू गर्न उच्चस्तरीय समन्वय समिति र गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताएका छन् । ‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन,’ मंगलबारको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें ।’
शिक्षा क्षेत्रमा बजेट छुट्याउँदा प्रविधिमैत्री शिक्षण संस्था बनाउन प्राथमिकता दिनुपर्ने विज्ञहरुले बताएका छन् । महामारी लगायतका संकट आगामी दिनमा पनि आउन सक्ने भन्दै उनीहरुले डिजिटल सुविधा भएका विद्यालय आवश्यक रहेको औंल्याएका हुन् ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुमा खटाउन अनुमति दिएको छ । दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म हेडक्वाटरबाट चन्दको नेतृत्वमा २५ जनाको टोली पठाउन गृहले स्वीकृति दिएको हो ।
वीरगन्जमा मंगलबार कोभिड १९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार छन् । वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् ।
भारतको विहारसँग मोरङको करिब ६३ किलोमिटर सीमा जोडिएको छ । विहारका ३८ जिल्लामध्ये ३७ वटामा कोभिड–१९ को संक्रमण फैलिइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसोसम्म विहारमा ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई जे विषयमा भय थियो, नेकपाको राजनीति र बहस त्यतैतिर उन्मुख हँदैछ । पार्टीको आन्तरिक जीवनभन्दा सरकारको नीति तथा कार्यक्रम र बजेट प्राथामिकतामा परेको भन्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैशाख २५ का लागि तय भइसकेको नेकपाको स्थायी कमिटी बैठक टारेका थिए ।
प्रदेश ५ को रूपन्देहीमा मंगलबार फेला परेका ९ जना कोरोना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका भएको खुलेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा सोमबार पनि दुई जना संक्रमित फेला परेका थिए । उनीहरु नौ जना नै भारतको मुम्बईबाट आएका हुन् ।
सत्तारुढ नेकपाले भोलि (बुधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बोलाएको छ । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित भएको थियो ।
संस्कृतिविद् सत्यमोहन जोशी मंगलबारबाट १०१ वर्षमा प्रवेश गरेका छन् । वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका थिए । नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए ।
सरकारले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ गते चार बजे नीती तथा कार्यक्रम प्रस्तुत गर्न तथा दुवै सदनलाई संवोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो ।