कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारत सरकारको अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : प्रवक्ता श्रेष्ठ

काठमाडौँ — नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  भारतले  अनधिकृत रुपमा नेपाली भूमिमा सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

भारत सरकारको अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : प्रवक्ता श्रेष्ठ

प्रवक्ता श्रेष्ठले कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर भारतले अतिक्रमण गरेकाले सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, 'भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु। हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तु कदम चालोस् ।'

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग शुक्रबारबाट सञ्‍चालनमा ल्याएको हो । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।

भारतले २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइरहेका बेला चीन जोड्ने सडकमार्ग बनाएको हो । सडक निर्माण भइसक्दासम्म नेपाल सरकार त्यसबारे बेखबर रहेको पाइएको छ ।

भारतीय रक्षामन्त्री सिंहले उत्तराखण्डको पिथौरागढ, धार्चुला हुँदै कालापानी र लिपुलेक नाकाबाट चीन प्रवेश गर्ने सडकको भारतीय सेना प्रमुखसमेत उपस्थित कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण सम्पन्न गरेकामा भारतको बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले शुक्रबार ट्वीट गर्दै बीआरओले सीमा जोड्न केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएको भनेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख २७, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?