३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लिपुलेकमा भारतले सडक खोलेको विषयमा थप जानकारी लिन दूतावासलाई निर्देशन

काठमाडौँ — एकलौटी रुपमा भारतले नेपाली भूमिमा सडक मार्ग खोलेको विषयमा सम्पूर्ण वस्तुस्थिति बुझ्‍नका लागि नेपाल सरकारले गृहकार्य थालेको छ । 

लिपुलेकमा भारतले सडक खोलेको विषयमा थप जानकारी लिन दूतावासलाई निर्देशन

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक मार्ग खोलेको विषयबारे थप जानकारी लिन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताए । ज्ञवालीले सम्पूर्ण विषयको विवरण संकलन गरेर अध्ययन गर्ने र त्यसपछि सरकारले आफ्‍नो कदम चाल्न‍े कान्तिपुरलाई बताए । 'सम्पूर्ण विवरण हेरिसकेपछि हामी थप कदम चाल्छौं' मन्त्री ज्ञवालीले भने ।

नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।

यो पनि


प्रकाशित : वैशाख २६, २०७७ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?