३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रधानमन्त्रीलाई भट्टराईको आग्रह : लोकतन्त्र र आफ्नो छवि बचाउन राजीनामा दिनुस् 

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै उनले राजीनामाको माग गरेका हुन् ।

प्रधानमन्त्रीलाई भट्टराईको आग्रह : लोकतन्त्र र आफ्नो छवि बचाउन राजीनामा दिनुस् 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै समाजवादीका सांसदसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

'सत्ताको प्रयोग गरेर कोही पनि महान भइँदैन, नैतिक आचारण ठूलो हुन्छ,' भट्टराईले प्रधानमन्त्री ओलीलाई सुझाव दिए, 'तपाईं अनावश्यक गतिविधिमा संलग्न हुँदा, आफैँमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई आराम दिनुस् । लोकतन्त्रलाई बचाएर आफ्नै छविलाई बचाएर अगाडि बढ्नका निम्ती राजीनामा दिनु उपयुक्त हुन्छ ।'

उनले थपे, 'तपाईंको राजीनामाले समाज र देशको गतीलाई उचित निकास हुन्छ । लोकतन्त्र सुनिश्चित हुन्छ र देशले नयाँ दिशा पक्रन्छ ।'

अहिलेको व्यवस्था असफल भएमा सबै असफल हुने भट्टराईको भनाइ थियो । प्रधानमन्त्रीको कोर्टमा बल भएको भन्दै भट्टराईले भने, 'शिखर चढ्न सजिलो हुन्छ टिक्न गाह्रो हुन्छ । उहाँ अहिले शिखरमा हुनुहुन्छ । कसरी त्यहाँ टिक्ने हो उहाँले सोच्नुहुनेछ । हामीले त सुझाव दिने हो, घोडालाई खोलासम्म लाने हो पानी पियाउन सकिन्न ।'

प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न लागेका हुन् भने गम्भीर गैरलोकतान्त्रिक गितिधिमा संलग्न भएका कुरा मनन गर्न पनि भट्टराईले सुझाव दिए । सत्तामा को कति टिक्यो भन्ने कुराले महत्त्व नराख्ने भट्टराईको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : वैशाख २६, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?