कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिंहदरबार अगाडि धर्ना बसेका ४५ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ — सिंहदरबार गेट अगाडि धर्ना दिन आएका ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेट अगाडी उनीहरु प्ले कार्डसहित घर फर्काउन आग्रह गर्दै धर्नामा बसेका थिए । 

सिंहदरबार अगाडि धर्ना बसेका ४५ चिनियाँ नागरिक पक्राउ

निषेधित क्षेत्र तोडेपछि प्रहरी र उनीहरुबिच झडप भएको थियो । झडपमा परी दुई जना चिनियाँ नागरिक घाइते भएका थिए ।

यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका थिए ।

उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

यो पनि पढ्नुहोस्ः

सिंहदरबार गेट अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित ६ जना घाइते

प्रकाशित : वैशाख २६, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?