प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएका थिए ।
मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्नेक्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।
नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै उनले राजीनामाको माग गरेका हुन् ।
प्रतिपक्षी राजपाका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले शक्तिअनुसारको काम गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, 'दुई तिहाईको सरकारले दुई कौडीको काम गरेको छैन । जनताको यस्तो पीडाको अवस्थामा केही काम नगरेपछि भन्ने के ?'
कोरोना संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनको ४६ दिनमा भारतसँग जोडिएका पश्चिम तराईको सीमामा ठूलो संख्यामा देश फर्किने नेपालीहरु जम्मा भएका छन् । भारतीय क्वारेन्टाइनमा राखिएका र अन्य स्थानबाट पैदल हिँडेर आएकाहरु ठूलो संख्यामा सीमामा जम्मा भएको सीमामा खटिएको सशस्त्रको टोलीले आफ्नो मुख्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको छ ।
सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद अपहरणको यथार्थ संसदको चालु अधिवेशनमा बाहिर आउने भन्दै आफूहरू कुनै पनि प्रकारको आपराधिक गतिविधिको पक्षमा नरहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका र न्यून जोखिममा रहेका व्यक्तिहरुको कोभिड १९ को परीक्षणको लागि पुल टेस्टिङको व्यवस्था गरेको जनाएको छ ।
सिंहदरबार गेट अगाडि धर्ना दिन आएका ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेट अगाडी उनीहरु प्ले कार्डसहित घर फर्काउन आग्रह गर्दै धर्नामा बसेका थिए ।
लकडाउनका बीच संघीय संसद्को बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेलगत्तै अधिवेशन प्रारम्भ भएको हो ।
संसद अधिवेशन सुरु हुन एक दिनअघि बिहीबार स्वाब संकलन गराएका सांसदहरूको कोरोना भाइरस (कोभिड- १९)को परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सांसदहरू र कर्मचारी गरी ४ सय ४० जनाको स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।
विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतका एक जना युवा, विराटनगरका २ जना पुरुष र उदयपुरकी एक महिला र चार पुरुष रहेका छन् ।
पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रोजगारदाताले रद्द गर्न नमिल्ने बताएका छन् ।
जेनेभामा मुख्यालय रहेको सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एन्ड हाइजिन फन्ड) ले नेपालमा अभियानका रूपमा सञ्चालित खुला दिसामुक्त क्षेत्र कार्यक्रममा थप सहयोग उपलब्ध गराउने भएको छ । कोषले आगामी पाँच वर्षसम्म कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
खाद्यान्न र मेडिकल सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका बिहीबारबाट सबै सामग्रीका लागि खुला गरिएको छ । जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच बुधवार र बिहीबार भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने निर्णय गरेको हो ।
लकडाउन उल्लंघन गर्ने सवारी नियन्त्रणका लागि राधाकुमारी चन्द वैशाख १३ गते तिलगंगा अस्पतालअगाडि खटिएकी थिइन् । गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा हुइँकिएको बा२१च ८५३० नम्बरको कारले उनलाई ठक्कर दियो । गाडीमा नेपाली सेनाका एक कर्मचारी पोसाकमै थिए । चालकको लाइसेन्ससमेत थिएन । चालक सिकारु रहेछन् ।
चप्पल कारखानामा डेरा गरी बस्ने डडेलधुराका दृष्टिविहीन सागर विष्ट दोहोरी साँझमा काम गर्थे । मादल बजाएबापत दैनिक चार सय रुपैयाँ ज्याला बुझ्थे । उनकी पत्नीसमेत दोहोरी साँझमै काम गर्थिन् । कमाइको पैसाले कोठा भाडा मासिक तीन हजार रुपैयाँ तिर्ने र जीविका धान्ने गर्थे ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि धकेले पनि रोक्न भने नसकेको औंल्याएका छन् ।