कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुरक्षाकर्मी भन्छन् : पास भएपछि कसरी रोक्नु ?

लीला श्रेष्ठ

भक्तपुर — उदयपुर, वीरगन्ज, नेपालगन्जलगायत स्थानहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले काठमाडौं उपत्यका भित्रिने सवारीसाधनमा कडाइ गरेको छ ।

सुरक्षाकर्मी भन्छन् : पास भएपछि कसरी रोक्नु ?

नाकामा कडाइ गरे पनि उपत्यका बाहिरबाट आउने प्रत्येक यात्रुसँग पास भएकाले अप्ठ्यारो परेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी चक्रराज जोशीले बताए । अत्यावश्यक बाहेक लकडाउनको समयमा विभिन्न बहाना बनाएर राजधानी प्रवेश गर्न लागेका व्यक्तिहरूलाई फिर्ता पठाइएको उनले जानकारी दिए ।

भक्तपुर प्रशासनले अत्यावश्यक सवारीका लागि मात्र पास उपलब्ध गराउने निर्णयसमेत गरेको छ । प्रशासनले मृत्यु संस्कार, नियमित डायलसिस गर्नुपर्ने मिर्गौलाका बिरामी, किमोथेरापी दिनुपर्ने क्यान्सरका बिरामी, दीर्घरोगीको उपचार, बालबालिका तथा अपांगता भएका व्यक्तिको हेरचाहका लागि जानुपर्ने र अन्य अत्यावश्यक अवस्थाका व्यक्तिलाई मात्र ई–पास स्वीकृत गर्ने जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत पर्ने जगातीमा स्थापित ‘कोभिड–१९ सहायता कक्ष’ मा कार्यरत प्रहरी, नेपाली सेना तथा स्वयंसेवकले गत सातादेखि यात्रुको नाम, ठेगाना, मोबाइल नम्बर, सवारीसाधन नम्बर संकलन र शरीरको तापक्रमसमेत जाँच्न थालेका छन् । ‘बाहिरी जिल्लाबाट पास लिएर जति पनि नागरिक उपत्यका प्रवेश गर्नुहुन्छ, त्यस्ता व्यक्तिहरूमा यदि कोभिड–१९ को संक्रमण देखिहालेमा सम्पर्क गर्न सजिलो हुने भएकाले प्रत्येकको विवरण संकलन गरेका छौं,’ डीएसपी जोशीले भने ।

प्रकाशित : वैशाख २४, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?