कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सिकारीको पासोमा परेर घाइते भएको सालकको उद्धार

हरिहरसिंह राठौर

धादिङ — सिकारीको पासोमा परेको विश्वकै दुर्लभ वन्यजन्तु सालक स्थानीय युवाहरुले उद्धार गरेका छन् । त्रिपुरासुन्दरी–१, पिपलगाउँमा स्थानीय युवाहरुले पासोले बेरिएर लुटपुटिँदै आएको सालकलाई छापेर पासोबाट मुक्त गरेका हुन् ।

सिकारीको पासोमा परेर घाइते भएको सालकको उद्धार

सल्यानटारस्थित पिपलगाउँमा किरियापुत्री कुर्न गएका स्थानीय सहकारीका व्यवस्थापक सन्जु श्रेष्ठसहितको टोलीले सोमबार राति घाइते सालकको उद्धार गरेका हुन् । घाइते सालकलाई गाउँपालिकामा रहेका स्थानीय पशु स्वास्थ्यकर्मीमार्फत प्राथमिक उपचार गराई थप उपचारका लासग जिल्ला वन कार्यालयको जिम्मा लगाइएको थियो । जिल्ला वन कार्यालयले जिल्ला पशु अस्पतालमार्फत उपचार गराई सालकलाई बासस्थानमै लगेर छोडिएको डिभिजन प्रमुख जीवराज पौडेलले बताए ।

सालकले किसानको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खाने गर्छ । बालीलाई नोक्सान गर्नसक्ने कीरा र धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालकलाई किसानको सहयोगी जन्तुका रुपमा लिइन्छ ।

प्रकाशित : वैशाख २३, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?