२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाँकेमा विशेषज्ञ टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौँ — बाँकेमा एकै दिन १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि कांग्रेसले परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्तिमार्फत बाँके क्षेत्रलाई उच्च सतर्कताका साथ लिन आग्रह गर्दै यथेष्ट स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गरेका छन् ।

बाँकेमा विशेषज्ञ टोली परिचालन गर्न कांग्रेसको माग

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेरै बाँके जिल्लामा विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्न आग्रह गरेका हुन् ।

‘संक्रमितहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुन सक्ने भएकाले उनीहरूको तत्काल खोजी गरी परीक्षण गर्न र थप संक्रमण फैलिन नदिन आग्रह गर्छु’ खाँणले भनेका छन् । रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको उल्लेख गर्दै खाँणले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित : वैशाख २२, २०७७ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?