२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

मंगलबारदेखि नेपालगन्ज निषेधित क्षेत्र घोषित, तीन दिन घरबाहिर निस्किन नपाइने 

रूपा गहतराज

नेपालगन्ज — लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।

मंगलबारदेखि नेपालगन्ज निषेधित क्षेत्र घोषित, तीन दिन घरबाहिर निस्किन नपाइने 

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् ।

‘लकडाउन लाइ प्रभावकारी बनाउन यो निर्णय गरेका हौ‌ं,’ प्रजिअ खड्काले भने, ‘यो तीन दिन घरबाहिर निस्कन पाइने छैन ।’ तीन दिनपछि अवस्था हेरेर फेरि निर्णय गरिने उनले बताए ।

उनले संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २२, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?