कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

त्रिवि शिक्षाशास्त्र संकायको निमित्त डिनमा आचार्य

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शिक्षाशास्त्र संकाय डिनमा कुस्मिला आचार्यलाई नियुक्त गरेको छ । दुई वर्षदेखि सहायक डिनका रुपमा कार्यरत आचार्य त्रिविमा २३ वर्षदेखि प्राध्यापनरत छिन् । ‘अर्को व्यवस्था नभएसम्म निमित्त डिनका रूपमा काम गर्ने नियुक्ति पत्रमा छ,’ आचार्यले भनिन्, ‘अनलाइन कक्षा निरन्तर सुचारु छ । लकडाउन खुलेपछि अनुसन्धानदेखि हरेक विषय अघि बढ्नेछ । अब थप नयाँ कार्यक्रमहरु अघि बढ्ने छ ।’

त्रिवि शिक्षाशास्त्र संकायको निमित्त डिनमा आचार्य

निवर्तमान डिन प्राध्यापक कृष्णप्रसाद गौतम उमेर हद (६३ वर्ष)का कारण तीन दिनअघि अनिवार्य अवकाशमा लिएपछि आचार्य नियुक्त भएकी हुन् । चार वर्षे कार्यकालमा ३ वर्ष ५ महिनामात्र काम गर्न भ्याएको गौतमले बताए । ‘मैले आफ्नो कार्यकालमा सेमेस्टर सिस्टमका विधिसम्मत पाठ्यक्रम निर्माण गरेँ,’ आफ्नो कार्यकालको समीक्षा गर्दै गौतमले भने, ‘टिचिङ प्राक्टिसलाई कोर्सबेस्ड गरेँ । मास्टर्स थेसिस ढााचामा लैजाने परिपाटी लागू गरें । शिक्षाशास्त्र संकायबाट विद्यावारिधि गरेकाहरुको प्रोफाइल निर्माण र १२ वर्षदेखि स्थगित जर्नल नियमित गरें । म आउादा डिन कार्यालयको कोषमा ९ करोड थियो अहिले २१ करोड रुपैयाँ पुर्‍याएँ ।’

निवर्तमान डिन गौतमले आफ्नो कार्यकालमा तालाबन्दी नभएको जनाए । त्यसैगरी नर्वेको युनिभर्सिटीबाट समाहित शिक्षा, फिनल्याण्डबाट विशेष आवश्यकता शिक्षा (एसएनई) र दक्षिण कोरियाबाट एफफिल एसएनई विषय त्रिवि शिक्षाशास्त्र संकायमा लागू रहेको प्राध्यापक गौतमले जनाए । साथै, फिनल्याण्ड २८ जना त्रिविका प्राध्यापकलाई एक–एक महिना तालिमको अवसरसमेत दिलाएको उनले स्मरण गरे ।

प्रकाशित : वैशाख २१, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?